८ जेष्ठ २०८१, मंगलवार
Follow Us

साहित्य महासङ्घले बोल्यो दार्जिलिङ्ग राज्यको पक्षमा

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १३:५७

गत २८ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको नियमित बैठकले नेपाली भाषी भारतीय नागरिकहरुको भारत अन्तर्गतको छुटटै राज्यको आन्दोलनमा ऐक्यबद्धता जारी गरेको छ ।

पहाडकी रानीको रुपमा विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र दार्जिलिङ्लाई उपेक्षा र पीडाको कारण छुट्टै दार्जिलिङ्ग राज्य वा गोर्खाल्याड राज्य हुन वान्छानीय भएको जनाएको छ ।

सन १९०७ मा पहिलो पटक माग गरिएको छुटटै राज्यको आन्दोलन सन् १९८६ मा लगभग १२ सय आन्दोलनकारीहरु मारिएका थिए भने यस बर्ष जुलाई ५ बाट चर्किएको आन्दोलनमा ९ जनाले शहादत प्राप्त गरिसकेका छन् र आन्दोलनकोक्रममा मानव अधिकारको समेत गम्भिर हनन भएको जनाएको छ ।

नेपाली साहित्यको महासङ्घ हुनुको नाताले नेपाली भाषीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।